वि.सं २०३६ साल वैशाख १९ गते स्याङ्जामा जन्मनुभएका डिल्लीराम ढकाल हाल एक्टिभीटी बेष्ट इस्ट्रक्सन नेपालमा पाठ्यक्रम विकास तथा शिक्षक तालीम सहजकर्ताको रुपमा कार्यरत हुनुहुन्छ । साथै एस. एस. कलेज, ख्वोपा कलेज, सैनिक आवासीय माध्यमिक विद्यलय तथा आदर्श माध्यमिक विद्यालय भक्तपुरमा प्राध्यापनरत हुनुहुन्छ ।
नेपाली विषयमा एम. ए. एम. एड तथा संस्कृत व्याकरणमा आचार्य गर्नुभएका ढकालका आधुनिक नेपाली कविता र नाटक (सहलेखन (२०६३) नेपाली कविता काव्य र समालोचना (सहलेखन (२०६३) अनिवार्य नेपाली +२ सहलेखन (२०६४) भाषाविज्ञान (सहलेखन – २०६४) मौलिक नेपाली व्याकरण (कक्षा १ देखि ५ सम्म), सिर्जना पब्लिकेसन्स, (सहलेखन ः२०७३) मौलिक नेपाली (कक्षा १ देखि ५ सम्म) सिर्जना पब्लिकेसन्स, (सहलेखन – २०७३) आदि कृतिहरू प्रकाशित छन् ।
राष्ट्रिय कविता महोत्सव, (२०६२) मा तृतीय स्थान प्राप्त गर्न सफल ढकालका विभिन्न पत्रपत्रिकामा निबन्ध, कथा, कविता एवम् समालोचनात्मक लेखहरू प्रकाशित छन् । गजल तथा, छन्द कविता रचना र वाचनमा रूचि राख्ने ढकाल मूलत – प्रगतिवादी कवि तथा गजलकारका रूपमा परिचित हुनुहुन्छ ।